घोराही कारागारबाट भागेका कैदी परियार भारतमा पक्राउ « Khabarhub

घोराही कारागारबाट भागेका कैदी परियार भारतमा पक्राउ


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही कारागारबाट भागेका कैदी यमराज परियार पक्राउ परेका छन्। उनलाई भारतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गरेको हो।

कारागारबाट अस्पताल लैजाने भनेर उनलाई प्रहरी जवान धनबहादुर चौधरीले दुई युवतीसहित घोराहीकै थकाली भान्सघर पुर्‍याएका थिए। त्यही होटलबाट परियार प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर भागेका थिए।

कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छ्न्। त्यसैगरि जेलर युवराज परियार, सुरक्षा प्रमुख असइ रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु निलम्बित छ्न्। यस विषयमा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ५५ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न