घोराही कारागारबाट भागेका कैदी परियार भारतमा पक्राउ « Khabarhub

घोराही कारागारबाट भागेका कैदी परियार भारतमा पक्राउ


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही कारागारबाट भागेका कैदी यमराज परियार पक्राउ परेका छन्। उनलाई भारतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गरेको हो।

कारागारबाट अस्पताल लैजाने भनेर उनलाई प्रहरी जवान धनबहादुर चौधरीले दुई युवतीसहित घोराहीकै थकाली भान्सघर पुर्‍याएका थिए। त्यही होटलबाट परियार प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर भागेका थिए।

कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छ्न्। त्यसैगरि जेलर युवराज परियार, सुरक्षा प्रमुख असइ रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु निलम्बित छ्न्। यस विषयमा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ५५ बजे

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको