विप्लवका कार्यकर्ताले बझाङमा वडाध्यक्ष र वडा सचिवलाई दले कालोमोसो | Khabarhub Khabarhub

विप्लवका कार्यकर्ताले बझाङमा वडाध्यक्ष र वडा सचिवलाई दले कालोमोसो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले बझाङमा एक गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलेका छन् । सोमबार बित्थडचीर गाउँपालिका–८ का वडाध्यक्ष राजबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् ।

वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ । कार्यालय जाँदै गर्दा सोमबार दिउँसो बाटोमै नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।

उनीविरूद्ध खानेपानी योजना निमार्णमा भ्रष्टाचार गरेको, मजदुरलाई ज्याला नदिएको, सडक बिस्तारमा १० कमिसन खाएको, कागजपत्र मिलाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको र प्रतिबन्धको समयमा पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाइएको छ।

यता, बित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले वडाध्यक्ष र वडा सचिवलाई दुर्व्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता भइसकेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ४३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल