युक्रेनमा आपतकाल घोषणा | Khabarhub Khabarhub

युक्रेनमा आपतकाल घोषणा


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।

एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ।

पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ तर युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : ३५ बजे

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको