एमसीसीको पक्षमा मतदान नगरे गठबन्धन टुट्न सक्छ : रामचन्द्र पौडेल | Khabarhub Khabarhub

एमसीसीको पक्षमा मतदान नगरे गठबन्धन टुट्न सक्छ : रामचन्द्र पौडेल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।

प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारेका छन्।

‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, उनले भने। वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे । ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ’, उनले भने ।

एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । ‘एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो’, उनले भने, ‘जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १० : १८ बजे

वीरेन्द्रनगरको एक होटेलमा आगलागी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका–६ बीचबजारमा आगलागी भएको छ । वीरेन्द्रनगर बजारको

चरेससहित पर्सामा तीन जना पक्राउ

 पर्सा– पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ

पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य

 भैरहवा– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ

काठमाडौं– नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस

मुलुकभित्रै रोजगारी सृजना गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न