७५ केजी लागूऔषधसहित भारतीय नागरिक पक्राउ « Khabarhub

७५ केजी लागूऔषधसहित भारतीय नागरिक पक्राउ


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट करिब ७५ केजी अवैध लागूऔषध सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार मोतियारीग्राम पिपरा बस्ने ४० वर्षीय हिरदेश गिरी रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पाँच वटा जुटको बोरा बोकी नेपालबाट भारततर्फ जाँदै गरेका ७÷८ जना व्यक्तिहरू तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल बिओपी गोलागञ्जबाट खटिएको संयुक्त गस्ती टोलीबीच जम्काभेट हुँदा उनीहरुले प्रहरीलाई लक्षित गरी फायरिङ गरेका थिए ।

प्रहरीले आत्मसुरक्षाका लागि जवाफी फायर गर्दा घाइते भएका १ जना पुरुषलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये गिरीलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १२ : ५५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल