परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं : झलनाथ खनाल « Khabarhub

परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं : झलनाथ खनाल


१२ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीबारे छलफल भएको हो ।

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्विप जारी गर्ने नेता खनालले बताए । उनले एकीकृत समाजवादी सुरुदेखि नै परिमार्जनबिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए ।

नेता खनालले भने‚ ‘सामाजवादीको स्ट्यान्ड सुरुदेखि अन्तिमसम्म क्लियर छ- नो एमसीसी । विथ आउट एनी चेन्ज अर एमेनमेन्ट नो एमसीसी । हामी दुई पार्टीहरू पहिलेदेखि नै एउटै स्ट्यान्डमा छौं । त्यो भनेको परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं ।’

त्यस्तै बैठकमा सहभागी माओवादीका नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १ : ४० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम