परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं : झलनाथ खनाल « Khabarhub

परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं : झलनाथ खनाल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीबारे छलफल भएको हो ।

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्विप जारी गर्ने नेता खनालले बताए । उनले एकीकृत समाजवादी सुरुदेखि नै परिमार्जनबिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए ।

नेता खनालले भने‚ ‘सामाजवादीको स्ट्यान्ड सुरुदेखि अन्तिमसम्म क्लियर छ- नो एमसीसी । विथ आउट एनी चेन्ज अर एमेनमेन्ट नो एमसीसी । हामी दुई पार्टीहरू पहिलेदेखि नै एउटै स्ट्यान्डमा छौं । त्यो भनेको परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं ।’

त्यस्तै बैठकमा सहभागी माओवादीका नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १ : ४० बजे

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५