विश्वकप ग्लोबल छनोट ए मा कुशलको पाँचौं अर्धशतकसँगै नेपालको तेस्रो स्थान « Khabarhub

विश्वकप ग्लोबल छनोट ए मा कुशलको पाँचौं अर्धशतकसँगै नेपालको तेस्रो स्थान



काठमाडौँ- आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गर्दैँ छनोटको सुखद अन्त्य गरेको हो ।

जितसँगै नेपालले छनोटमा ४–१ को विजयी अंक बनाउन सफल भएको छ । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा कुशल भुर्तेलले नटआउट ५५ रन, आरिफ शेखले नटआउट २१ रन र आसिफ शेखले १४ रन बनाए ।

आजको खेलमा कुशलले अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा आफ्नो पाँचौं अर्धशतक बनाएका छन् । पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो ।

ओमानलाई उच्च योगफल बनाउन बाट रोक्न सन्दीप लामिछानेले ३ विकेट लिए भने कमल ऐरी, आरिफ शेख, अबिनाश बोहोरा, र सागर ढकालले १–१ विकेट लिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ४७ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको