एमालेलाई माओवादीको आग्रह : मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिऔं « Khabarhub

एमालेलाई माओवादीको आग्रह : मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिऔं


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले मुद्दा मिल्लने विषयमा एक ठाउँमा उभिन एमालेसँग प्रस्ताव गरेको छ ।

बिहीबार साँझ बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रले एमाले नेताहरुलाई विगतको समीक्षा पछि गरौं भन्दै अहिलेका लागि एक ठाउँमा उभिन प्रस्ताव गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी मुद्दा मिल्ने विषयमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । त्यसक्रमा उनले एमसीसीबारे एमालेले धारणा स्पष्ट पार्न पर्ने बताएका थिए ।

तर एमालेले भने छलफल जारी राख्ने बताएको थियो । एमालेले आफूहरुको माग सम्बोधन भएपछि एमसीसीबारे छलफल गर्ने बताएको एक नेताले जानकारी दिए ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच राष्ट्रिय मुद्दा, एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भएको प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : १० बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट