नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही « Khabarhub

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागूऔषध नरोकिने भन्दै चेतना विकासमा जोड दिन आबश्यक रहेको बताए।

नीति निर्माण भएपनि बढ्दो बेरोजगारी,अभिभावकको लापरबाहि, युवामैत्री नीतिको अभाव,विकासमा युवा सहभागिताको कमी लगायतका कारणले लागूऔषधको प्रयोग बढेकोले रोजगारी सृजना सँगै गाउँगाउँमा चेतना विकासका कार्यक्रम लिएर जान उनले अनुरोध गरे।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : २८ बजे

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै