नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही | Khabarhub Khabarhub

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागूऔषध नरोकिने भन्दै चेतना विकासमा जोड दिन आबश्यक रहेको बताए।

नीति निर्माण भएपनि बढ्दो बेरोजगारी,अभिभावकको लापरबाहि, युवामैत्री नीतिको अभाव,विकासमा युवा सहभागिताको कमी लगायतका कारणले लागूऔषधको प्रयोग बढेकोले रोजगारी सृजना सँगै गाउँगाउँमा चेतना विकासका कार्यक्रम लिएर जान उनले अनुरोध गरे।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : २८ बजे

आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेसनलाई किन गाली गर्दैछन् ओली ?

काठमाडौं- नेकपा (एमाले) भित्र अस्तित्वको लडाइँ लड्दाको समयदेखि साथ दिएकी

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका