असहिष्णु मुलुकहरूले रुसी ग्यासको भुक्तानी रुसी मुद्रामा गर्नुपर्ने « Khabarhub

असहिष्णु मुलुकहरूले रुसी ग्यासको भुक्तानी रुसी मुद्रामा गर्नुपर्ने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुकहरुले रुसद्वारा आपूर्ति गरिएको ग्यासको मूल्य रुसी मुद्रा रुबलमा तिर्नुपर्ने बताएका छन् । आफ्ना मन्त्रीहरूसँगको बैठकका क्रममा उनले रुसी ग्यास आपूर्तिको भुक्तानी रुसी मुद्रामा नै हुनुपर्ने बताएका हुन् । 

‘हामी यसअघि निर्धारित सम्झौता अनुसारको आयतन र मूल्यमा निरन्तर ग्यास आपूर्ति गर्नेछौँ ।’ उनले भने, ‘भुक्तानीको मुद्रामा मात्रै यो परिवर्तन लागू हुनेछ, जुन चाहिँ रुसी मुद्रामा परिवर्तन गरिनेछ ।’

पुटिनले ग्यासको भुक्तानी मुद्रामा परिवर्तनका लागि एक साताको म्याद निर्धारण गरेको जनाइएको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुकले रुसमाथि नाकाबन्दी लगाएपछि त्यहाँको अर्थतन्त्र ओरालो लागिरहेको र रुसी मुद्राको मूल्य पनि घटिरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो ।

रुसी अर्थतन्त्रका विभिन्न क्षेत्रमाथि प्रतिबन्ध लगाएपनि युरोपेली मुलुकहरू रुसी उर्जामाथि प्रतिबन्ध लगाउने विषयमा भने एकमत छैनन् । युरोपको कूल खपतको ४० प्रतिशत ग्यास रुसबाट आपूर्ति हुने बताइन्छ ।

यद्यपि युरोपसँगको ग्यास व्यापार सम्झौतामा रुससँग यस्तो किसिमको एकपक्षीय परिवर्तन गर्ने क्षमता रहे नरहेको स्पष्ट हुन नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  २ : ३५ बजे

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि