युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त « Khabarhub

युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त


१० चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी नौसेनाले दक्षिणी युक्रेनको बेर्दियान्स्क बन्दरगाहमा रुसी युद्धपोत ध्वस्त पारेका छन् । युक्रेनी नौसेनाले फेसबुकमार्फत जानकारी दिँदै बेर्दियान्स्क बन्दरगाहमा रोकिराखेको रुसी नौसेनाको ‘ओर्स्क’ नामक सैनिक वाहक युद्धपोत ध्वस्त पारेको जनाएको हो ।

उक्त युद्धपोत जमिनमा सैनिक उतार्नका लागि रुसले त्यहाँ ल्याइपुर्‍याएको जनाइएको छ । यसअघि बेर्दियान्स्कको बन्दरगाहबाट धुवाँको कालो मुस्लो उडिरहेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

युक्रेनी नौसेनाको आक्रमणका बेला उक्त युद्धपोतमा कति रुसी सैनिक थिए भन्ने स्पष्ट भइसकेको छैन । युक्रेनी नौसेनाले आक्रमणमा भएको घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन भने मानवीय क्षतिबारे पनि केही खुलाइएको छैन ।

रणनीतिक रुपमा महत्वपूर्ण मारिओपोलबाट दक्षिणपश्चिममा रहेको बेर्दियान्स्क बन्दरगाह हाल रुसको कब्जामा रहेको बताइएको छ । रुसले गत फेब्रुअरी यता युक्रेनमा आक्रमण थालेको भएपनि हालसम्म मारिओपोल शहरलाई कब्जामा लिन सकेको छैन ।

मारिओपोलमा सैनिक कारवाहीलाई तीव्र पार्नका लागि रुसले बेर्दियान्स्कको बन्दरगाहमा सैनिक उतार्ने प्रयासस्वरुप उक्त सैनिक वाहक युद्धपोत त्यहाँ ल्याएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : २६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस