युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त « Khabarhub

युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी नौसेनाले दक्षिणी युक्रेनको बेर्दियान्स्क बन्दरगाहमा रुसी युद्धपोत ध्वस्त पारेका छन् । युक्रेनी नौसेनाले फेसबुकमार्फत जानकारी दिँदै बेर्दियान्स्क बन्दरगाहमा रोकिराखेको रुसी नौसेनाको ‘ओर्स्क’ नामक सैनिक वाहक युद्धपोत ध्वस्त पारेको जनाएको हो ।

उक्त युद्धपोत जमिनमा सैनिक उतार्नका लागि रुसले त्यहाँ ल्याइपुर्‍याएको जनाइएको छ । यसअघि बेर्दियान्स्कको बन्दरगाहबाट धुवाँको कालो मुस्लो उडिरहेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

युक्रेनी नौसेनाको आक्रमणका बेला उक्त युद्धपोतमा कति रुसी सैनिक थिए भन्ने स्पष्ट भइसकेको छैन । युक्रेनी नौसेनाले आक्रमणमा भएको घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन भने मानवीय क्षतिबारे पनि केही खुलाइएको छैन ।

रणनीतिक रुपमा महत्वपूर्ण मारिओपोलबाट दक्षिणपश्चिममा रहेको बेर्दियान्स्क बन्दरगाह हाल रुसको कब्जामा रहेको बताइएको छ । रुसले गत फेब्रुअरी यता युक्रेनमा आक्रमण थालेको भएपनि हालसम्म मारिओपोल शहरलाई कब्जामा लिन सकेको छैन ।

मारिओपोलमा सैनिक कारवाहीलाई तीव्र पार्नका लागि रुसले बेर्दियान्स्कको बन्दरगाहमा सैनिक उतार्ने प्रयासस्वरुप उक्त सैनिक वाहक युद्धपोत त्यहाँ ल्याएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : २६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र