चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु « Khabarhub

चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको हो ।

क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कनमा अभिनेत्री सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए ।

निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुहूर्त सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलावा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईप्रविल कटुवालको अभिनय रहने छ । यसको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मलाई नविन बोगटीले निर्देशन गर्दै छन् । उनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन् । ३० दिनको छायाङ्कन सेड्युल राखिएको फिल्मलाई दीर्घ गुरुङले छायाङ्कन गर्ने छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : ४६ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध