तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ सम्पन्न « Khabarhub

तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ सम्पन्न


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा भएको अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) सम्पन्न भएको छ ।

भारतीय राजदूतावासले भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत गरिएको कनक्लेभ सम्पन्न भएको हो ।

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीचको सम्बन्धलाई थप मजबुत बनाउन कनक्लेभ गरिएको भारतीय राजदूतावासले जनाएको छ ।

कनेन्ट (इन) मा नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरू, उद्यम पुँजीपतिहरू र विज्ञहरूलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयमा एकअर्काका अनुभवहरू साटासाट गरिएको थियो ।

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरू जस्ता विविध क्षेत्रमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरूले यो कनक्लेभमा सहभागी भएका थिए ।

भारतीय राजदूत विनयमोहन क्वात्रा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कनेक्ट  (इन) को तेस्रो संस्करणको उद्घाटन गरेका थिए ।

कनक्लेभका सह–आयोजकमा क्लोक बी बिजिनेश इनोभेशसन्स तथा प्रमुख साझेदारमा जीएमआर, टाटा मोटर्स, टाटा मेडिटेकटुटल समावेश थिए ।

कनेक्ट (इन) ले भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरूलाई एकै ठाँउमा ल्याई दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत गर्दै आएको छ ।
यसअघि पनि दुई पटक यो कनक्लेभ भइसकेको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : २४ बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल