तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ सम्पन्न « Khabarhub

तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ सम्पन्न


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा भएको अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) सम्पन्न भएको छ ।

भारतीय राजदूतावासले भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत गरिएको कनक्लेभ सम्पन्न भएको हो ।

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीचको सम्बन्धलाई थप मजबुत बनाउन कनक्लेभ गरिएको भारतीय राजदूतावासले जनाएको छ ।

कनेन्ट (इन) मा नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरू, उद्यम पुँजीपतिहरू र विज्ञहरूलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयमा एकअर्काका अनुभवहरू साटासाट गरिएको थियो ।

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरू जस्ता विविध क्षेत्रमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरूले यो कनक्लेभमा सहभागी भएका थिए ।

भारतीय राजदूत विनयमोहन क्वात्रा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कनेक्ट  (इन) को तेस्रो संस्करणको उद्घाटन गरेका थिए ।

कनक्लेभका सह–आयोजकमा क्लोक बी बिजिनेश इनोभेशसन्स तथा प्रमुख साझेदारमा जीएमआर, टाटा मोटर्स, टाटा मेडिटेकटुटल समावेश थिए ।

कनेक्ट (इन) ले भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरूलाई एकै ठाँउमा ल्याई दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत गर्दै आएको छ ।
यसअघि पनि दुई पटक यो कनक्लेभ भइसकेको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : २४ बजे

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि