मानव अधिकार उल्लंघनकर्तालाई टिकट नदेऊ : आयोग « Khabarhub

मानव अधिकार उल्लंघनकर्तालाई टिकट नदेऊ : आयोग


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनमा दोषी किटान भई नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाउन आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले सोलुखुम्बु, ओखलढुंगा र खोटाङका राजनीतिक दललाई पत्राचार गर्दै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान भएका नेता तथा कार्यकर्तालाई टिकट नदिन सचेत गराएको हो ।

आयोगले स्थानीय तहको निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवेक्षक र मतदातालाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बिहीबार जारी गरेको प्रेस नोटमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेदवार तय गर्न, निर्वाचन प्रचार–प्रसारका क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न, निर्वाचनको अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्वेष फैलने जस्ता अमर्यादित किसिमका शब्द कोही पनि उम्मेदवार तथा नेतृत्वबाट व्यक्त नगर्न आह्वान गरेको छ ।

निर्वाचन आयोगबाट जारी आचार संहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ पालना गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : ११ बजे

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि