युक्रेनमा रुसी पत्रकारको मृत्यु « Khabarhub

युक्रेनमा रुसी पत्रकारको मृत्यु


१० चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । घटनामा उनीसँगै अर्काे व्यक्तिको पनि मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ ।

यसअघि उनले राजधानी किभ र पश्चिमी शहर लभिभबाट समाचार संकलन गर्दै आएको द इन्साइडरले जानकारी दिएको छ । उक्त समाचार संस्थाले उनको परिवारप्रति ‘गहिरो समवेदना’ व्यक्त गरेको जनाएको छ ।

युक्रेनमा जारी एक महिना लामो युद्धका क्रममा हालसम्म सात जना पत्रकारको ज्यान गइसकेको बताइएको छ ।
 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ६ : १४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस