युक्रेनमा रुसी पत्रकारको मृत्यु « Khabarhub

युक्रेनमा रुसी पत्रकारको मृत्यु


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । घटनामा उनीसँगै अर्काे व्यक्तिको पनि मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ ।

यसअघि उनले राजधानी किभ र पश्चिमी शहर लभिभबाट समाचार संकलन गर्दै आएको द इन्साइडरले जानकारी दिएको छ । उक्त समाचार संस्थाले उनको परिवारप्रति ‘गहिरो समवेदना’ व्यक्त गरेको जनाएको छ ।

युक्रेनमा जारी एक महिना लामो युद्धका क्रममा हालसम्म सात जना पत्रकारको ज्यान गइसकेको बताइएको छ ।
 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : १४ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच