शुक्रबारबाट रञ्जना सिनेप्लेक्ससँगै गोपीकृष्णका तीन हल सञ्चालनमा आउने « Khabarhub

शुक्रबारबाट रञ्जना सिनेप्लेक्ससँगै गोपीकृष्णका तीन हल सञ्चालनमा आउने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी सुरु भएसँगै हलहरु बन्द पनि भए । केहि हलहरु सँधैको लागि नै । यद्दपि कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म हेर्न दर्शक हलमा फर्किएपछि नयाँ हलहरु खुलिरहेका छन् । चैत्र ११ गतेबाट २ हल संचालनमा आउने भएका छन् । एउटा रञ्जना कप्लेक्समा र अर्को गोपीकृष्णकै तीन हल ।

नेपाली दर्शकको राम्रो भिडभाड हुने गोपीकृष्ण मुभिज बन्द हुँदा फिल्मकर्मीलाई त घाटा लाग्यो नै दर्शक पनि निराश भए । काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काइयो । ७ वटा पर्दा रहेको गोपीकृष्णमा गोपि, कृष्ण, राधा र मिरा हल भत्काएको हो । त्यसपछि त्यहाँ दर्शकले फिल्म हेर्न पाएनन् । यद्दपि शुक्रबारबाट त्यहाँ दर्शकले फिल्म हेर्न पाउनेछन् । सपिङ मल बनाउने योजना अनुसार हल भत्काइएता पनि यहि चैत्र ११ बाट तीन वटा हलमा फिल्म प्रदर्शन हुने गोपीकृष्ण सिनेमाका जेनेरल म्यानेजर प्रदीप दाहालले बताए ।

यी हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यी तीन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन् । गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ । सँगै रहेका ३ हलहरु भने बाँकी नै छन् । गोपीकृष्णले तिनै तीन हलको प्रविधि र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गरि हल सञ्चालन गर्न लागेको हो । अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आउन लागेको जनाइएका हललाई आरजीबी थिममा सञ्चालन गरिने छ ।

कुल ५०० सिट क्षमताका साथ सञ्चालनमा आउने हलमा हरेक घण्टा शो शुरु हुने जनाइएको छ । बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । ३ हलमा गरि दैनिक १२ वटा शो हुनेछन् । शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शनसँगै हल पुन सञ्चालनमा आउने गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले जनाएका छन् ।

यस्तै, शुक्रबारबाट नै न्यूरोडको रञ्जना सिनेमा पुनः सञ्चालनमा आउने भएको छ । बन्द भएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आउन लागेको हो । वि.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो फिल्म हल मध्येको एक हो । कुनै समय फिल्म प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् । २०७१ सालबाट सञ्चालनमा आएको रञ्जना ट्रेण्ड सेन्टरमा विभिन्न ग्रुपले हल सञ्चालनका लागि तयारी गरेका थिए । अन्ततः नरेन्द्र महर्जनको ग्रुपले उक्त हल सञ्चालनमा ल्याउन लागेको हो ।

रञ्जना सिनेमामा १ सय ३०, १ सय ८० र २ सय ५१ सिट क्षमताका ३ वटा अडिटोरियम रहेका छन् । सञ्चालक नरेन्द्र महर्जनका अनुसार प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ७ : १३ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता