नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो « Khabarhub

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको कोइराला पक्षले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भेला बोलाएको छ ।

नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै डा. शेखर कोइराला पक्षले आफ्नो पक्षको भेला बोलाएको हो ।

सभापति शेरबहादुर देउवाले आफूसँग छलफल नै नगरी अध्यक्षहरू नियुक्त गरेको कोइराला पक्षको आरोप छ ।

नेता गुरुराज घिमिरेले तीन दिनभित्र यी दुवै भ्रातृ संगठनको संयुक्त रूपमा राष्ट्रिय भेला गर्न लागिएको जनाएका छन् । यो मुख्य रूपमा शेखर पक्षको भेला हो भन्दै अरु जोडिन आए ढोका खुला रहेको पनि उनले बताएका छन् ।

देउवाले बुधबार नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ९ : २५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित