कोपा डेल रेको उपाधि रियल बेटिसलाई « Khabarhub

कोपा डेल रेको उपाधि रियल बेटिसलाई


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले ‘स्पेनिस कोपा डेल रे’को उपाधि जितेको छ ।

शनिबार राति निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १-१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

पेनाल्टीमा रियल बेटिस भाग्यशाली रह्यो । सन् २००५ यता रियल बेटिसले पहिलो उपाधि जितेको हो । रियल बेटिसको क्लब इतिहासमा यो चौथो पटक ठूलो उपाधि जितेको हो।

हालसम्म उसले एक ला लिगा उपाधि र दुई स्पेनिस कपको उपाधि जितेको छ । म्यानेजर म्यानुएल पेलेग्रीनीले सन् २०१५-१६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी छाडेयता पहिलो ट्रफी उचालेका हुन् ।

सन् २०१० यता बार्सिलोना र रियल मड्रिडविहीन कोपा डेल रे फाइनल दोस्रो पटक खेलिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : १२ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन