टिकटकमै आउन थाल्यो फिल्म | Khabarhub Khabarhub

टिकटकमै आउन थाल्यो फिल्म


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय गीतसंगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । 

विशेषत: भिडियोसँग जोडिएको सामाजिक सञ्जालमा गीतसंगीतको भिडियो देख्न पाइन्छ । सुरुवाती समयमा भिडियो सेयरिङ प्लेटफर्म टिकटकले गीतसंगीतलाई प्रचारप्रसार गर्‍यो । सर्जक पनि प्रचारप्रसारकै लागि यसमा जोडिएटिकटकले सुरुवाती समयमा सर्जकको कामहरुलाई प्रचारमा सघाएको पनि हो । तर, पछिल्लो समय यो घातक पनि बनिरहेको छ । प्रचारप्रसार हुने टिकटकमा आजभोली फिल्मका दृश्यहरू देख्न पाइन्छ । 

पछिल्लो समय दक्षिण भारतीय फिल्म ‘पुष्पा’ को आधिकांश दृश्यहरु टिकटकमा भेटिए । गीत श्रीवल्लीसँगै फिल्मका डायलगहरु टिकटकमा जताततै भेटिए । त्यही  क्रमले आरआरआर र केजीएफ : च्याप्टर २ मा समेत निरन्तरता पायो । फिल्मका आधिकांश दृश्यहरु टिकटकमा भेटिए । ती दृश्यहरुलाई जोड्ने हो भने संवत: फिल्मनै टिकटकमा पाइन्छ । 

विदेशी मात्र होइन स्वदेशी फिल्म ‘ए मेरो हजुर ४’ को पनि क्लाइमेक्स टिकटकमा फैल्यो । यो फिल्मले त छायांकनकै क्रममा भाइरल भएको दृश्यलाई टिकटकबाट हटाउन सकेन । सजिलै संगीत वा दृश्यलाई टिकटकमा राख्न सकिने भएकाले पनि यो पछिल्लो समय सर्जकको टाउको दुखाइ बन्दै छ ।

‘ए मेरो हजुर ४’ हेरेका दर्शकहरुको प्रतिक्रिया लिन हल पुगेका अभिनेता अनमोल केसी र सुहाना थापाले टिकटकमा फिल्मका दृश्यहरुलाई नराख्न आग्रह समेत गरे । ‘फिल्मको महत्वपूर्ण दृश्यहरुलाई पहिले देख्दा दर्शकलाई फिल्म खल्लो लाग्न सक्छ वा फिल्मको कथा नै थाहा हुन् सक्छ’ अनमोलले भने, त्यसैले गर्दा सबै दृश्यलाई टिकटकमा नराखी दिनुहोस् ।’

यही समस्या दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ मा समेत देखियो । फिल्मको क्लाइमेक्सको दृश्य टिकटकमा हेरेर फिल्म हेर्न गएका दर्शकले खल्लो महसुस गरेका छन् । सुरुवाती समयमा प्रचारप्रसारमा सघाएको टिकटक जस्ता साइटहरु पछिल्लो समय भने सर्जकको टाउको दुखाइ समेत बनिरहेका छन् ।

गीतसंगीतलाई लाभ दिएता पनि फिल्मलाई भने टिकटकले पछिल्लो समय हानी गरिरहेको छ । प्रतीक्षित फिल्मको महत्वपूर्ण दृश्यहरु टिकटकमा देखिँदा फ्यानलाई फिल्म नै खल्लो लाग्ने गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ५२ बजे

नगरसभामा टिप्पणी- बालेनको नेतृत्वमा पनि महानगर परम्परागत ढर्राबाट माथि उठ्न सकेन

काठमाडौं- काठमाडौं महानगरपालिकाकी नगरकार्यपालिका सदस्य अनिता कार्की ढोलीले युवा भनिएका

पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने बेलायतको निर्णय

एजेनसी – बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि

संस्कृति मन्त्रालयले बाँड्यो ९ वटा राष्ट्रिय पुरस्कार (तस्बिरहरू)

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बुधबार ९

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज

लक्जेम्बर्ग– युरोपेली संसद्को निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा