लुहान्स्कमा रुसी गोलाबारीमा परी ८ जनाको मृत्यु « Khabarhub

लुहान्स्कमा रुसी गोलाबारीमा परी ८ जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी गोलाबारीमा ८ जनाको मृत्यु भएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै रुसी आक्रमणमा ८ जना मारिएको जानकारी दिएका हुन् ।

टेलिग्राममा उनले गोलाबारीका क्रममा हिर्स्के र जोलोटे शहरमा ६ जनाको मृत्यु भएको बताए । त्यस्तै, पोपास्ना शहरमा अरु दुई महिलाको शव फेला परेको उनको भनाइ छ ।

उनले लुहान्स्क क्षेत्रको सेभेरोडोनेत्स्क शहरमा रहेको प्रहरी चौकी पनि ध्वस्त भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले राजधानी किभ कब्जा गर्ने रणनीतिका साथ युक्रेनमाथि आक्रमण गरेपनि उक्त योजना असफल भएपछि रुसी सेनाले हाल पूर्वी युक्रेनमाथि आफ्नो आक्रमण केन्द्रित गरिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ४६ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत