विराटनगरको मेयरमा गौतमको उम्मेदवारी     « Khabarhub

विराटनगरको मेयरमा गौतमको उम्मेदवारी    


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बीपी) बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । विराटनगर–३ का गौतमले सोमवार उम्मेदवार मनोनयन दर्ता गर्ने जानकारी दिए ।

उपमेयरसहित वडाका लागि आइतबार नै उम्मेदवारको नाम टुंग्याएर सोमबार दर्ता गर्ने तयारी गरेको नेता गौतमले बताए ।

राजनीतिक शास्त्रमा अध्ययन गरेका ६७ वर्षीय गौतम नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्षसमेत हुन् । उनी जिल्ला सहकारी संघ मोरङका सल्लाहकार र राष्ट्रिय सहकारी बैंक विराटनगरका सल्लाहकार समेत हुन् ।

विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा आफ्नो जीवन समर्पित गरेको दाबी गर्ने गौतमले आधुनिकशैली महानगरको विकास गर्ने उद्घोषसहित उम्मेदवारी दिएको बताए ।

बीपी कोइरालाको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाल बीपीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने गौतमले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व