कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति « Khabarhub

कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको कमैया बस्तीमा आगलागी भएको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो ।

गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्‍याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार पूरै बस्तीमा आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति भएको जोशीले बताए ।

आगलागी नियन्त्रणका धनगढी उपमहानगरपालिका र गौरीगंगाको दमकल बस्तीमा पुगेका छन् । यसका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकलसमेत मगाइएको छ ।

आगलागीको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालगायत सुरक्षा टोली घटनास्थलतर्फ गइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ५३ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व