कांग्रेसबाट उम्मेदवार छनोटको अधिकार सभापति देउवालाई « Khabarhub

कांग्रेसबाट उम्मेदवार छनोटको अधिकार सभापति देउवालाई


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्य रहेको समिति गठन गरेको हो । 

उम्मेदवार छनोटको लागि समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । मनोनयन दर्ता प्रक्रिया सुरु भएपछि कांग्रेसले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख छनोटका लागि समिति गठन गरेको हो ।

गठबन्धनको भागबन्डाअनुसार काठमाडौं, ललितपुर र विराटनगर पालिकाको मेयर कांग्रेसको भागमा परेको छ । त्यस्तै वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाएको छ । 

उपमहानगरको हकमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयरको सिट पाएको छ । जितपुर सिमरा, घोराही र हेटौंडामा उपमेयर कांग्रेसको भागमा परेको छ । 

यी सबै सिटमा कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् । त्यसका लागि कांग्रेसले समिति गठन गरेको हो । समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने देउवालाई दिइएको हो । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : २५ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा