ईश्वरपुरका मेयर आचार्यले लिए निवर्तमान मेयरसँग आशीर्वाद « Khabarhub

ईश्वरपुरका मेयर आचार्यले लिए निवर्तमान मेयरसँग आशीर्वाद


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको दक्षिणी भूभागमा रहेको ईश्वरपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रंजितदेवी चौधरी विजयी भएकी हुन् ।

मेयरमा निर्वाचित आचार्यले ८ हजार ४८० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोजकुमार देवकोटाले ५ हजार ९६० मत मात्र प्राप्त गरे । नेकपा माओवादी केन्द्रका जयप्रकाश चौधरीले ४ हजार ८३६ , लोसपाका नागेश्वर महतोले २ हजार ७२८ मत प्राप्त गरे।

मनोजले कार्यभार सम्हाल्नु अघि निवर्तमान मेयर तथा उनका निकटतम प्रतिद्वन्द्वी देवकोटासँग आशीर्वाद लिएका छन् । आफू मेयरमा निर्वाचित भइसकेपछि उनी निवर्तमान मेयर देवकोटाको घरमै आशीर्वाद लिन पुगेका थिए । ‘दाइ मलाइ आशीर्वाद दिनुहोस् । तपाइको अनुभवले मलाई आउँदा दिनमा मार्गनिर्देश गर्नेछ।’ मेयर आचार्यले आशीर्वाद थाप्दै भने । भावुक हुँदै माला लगाएका देवकोटाले आफ्नो सहयोग रहने आश्वासन दिए।

उपमेयरमा कांग्रेसकी रंजिता देवी चौधरीले ८ हजार २ सय ६८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपमेयर एमालेकी एकावती देवी चौधरीले ६ हजार ३५३ मत मात्र ल्याइन् । नेकपा माओवादी केन्द्रकी भिष कुमारी विश्वकर्माले ३ हजार ९०४, लोसपाकी मोहर देवी साह तेलीले २ हजार ८०४ मत प्राप्त गरिन् ।

को-को बने वडा अध्यक्ष (मतसहित)
वडा नम्बर १ मा नेकपा एमालेका धर्मेन्द्र राय यादव – ५९६ मत
वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र बहादुर कार्की – ५६४ मत
वडा नम्बर ३ मा नेकपा एमालेका विश्वनाथ सहनी मलाह – ५३१ मत
वडा नम्बर ४ मा नेपाली कांग्रेसका प्रेम कुमार थिंग तामाङ – ७८६ मत
वडा नम्बर ५ मा जसपाका पंची महतो – ८२९ मत
वडा नम्बर ६ मा नेकपा एमालेका महमद रहमद अन्सारी – ६७२ मत
वडा नम्बर ७ मा नेपाली कांग्रेसका नाथुराम चौधरी – ५५२ मत
वडा नम्बर ८ मा नेपाली कांग्रेसका श्याम बहादुर थापा – ५५७ मत
वडा नम्बर ९ मा नेपाली कांग्रेसका नन्द लाल चौधरी – ४७१ मत
वडा नम्बर १० मा नेपाली कांग्रेसका रास नारायण चौधरी – ३८७ मत
वडा नम्बर ११ मा लोसपाका राम दुलार साह – ४०६ मत
वडा नम्बर १२ मा नेकपा एमालेका देवी बहादुर खत्री – ८०१ मत
वडा नम्बर १३ मा नेकपा एमालेका तिल बहादुर तामाङ – ५८९ मत
वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका सिटकुमार महतो कोइरी – ६४६ मत
वडा नम्बर १५ मा नेपाली कांग्रेसका उमेश कुमार चौधरी – ७९८ मत

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ११ : २१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार