छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा बागमती प्रदेश ०१ ०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुव प्रसाद रेग्मी रहेका छन् । उनको मंगलबार बिहान मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१० आमखैयास्थित सडकमा ना.५ ख ८६९१ नम्बरको बस सोमबार दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ बस्ने २० वर्षीय पारस खत्री रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको घोडाघोडी अस्पताल सुखडमा र एक जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको  छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–७ खानीगाउँस्थित सडकमा बा.५ ख ३११७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर बिक रहेका छन् । उनको सोमबार घटनास्थलमै मृत्यु भएको हो । 

सिरहाको गोलबजार नगरपालिका–६ लभटोलीस्थित भित्री सडकमा प्र.२–०१–००१ त ०६७५ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १६ वर्षीय रामरिजन सदाय रहेका छन् । उनको सोमबार मृत्यु भएको हो । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : ४५ बजे

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी – भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको सडक दुर्घटनामा एक

आफ्नो गिरफ्तारीसम्बन्धी समाचार ‘डिलिट’ गर्न भरत जंगमको माग

काठमाडौं– सहकारी सञ्चालक भरतमणि जंगमले आफ्नो गिरफ्तारीबारे प्रकाशित समाचारहरु डिलिट

आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने

अंकरा- इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा