छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा बागमती प्रदेश ०१ ०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुव प्रसाद रेग्मी रहेका छन् । उनको मंगलबार बिहान मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१० आमखैयास्थित सडकमा ना.५ ख ८६९१ नम्बरको बस सोमबार दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ बस्ने २० वर्षीय पारस खत्री रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको घोडाघोडी अस्पताल सुखडमा र एक जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको  छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–७ खानीगाउँस्थित सडकमा बा.५ ख ३११७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर बिक रहेका छन् । उनको सोमबार घटनास्थलमै मृत्यु भएको हो । 

सिरहाको गोलबजार नगरपालिका–६ लभटोलीस्थित भित्री सडकमा प्र.२–०१–००१ त ०६७५ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १६ वर्षीय रामरिजन सदाय रहेका छन् । उनको सोमबार मृत्यु भएको हो । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : ४५ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु