दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ल्यायो ६० करोडको बजेट     « Khabarhub

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ल्यायो ६० करोडको बजेट    


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले कुल बजेटमध्ये संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदानतर्फ ३७ करोड ९५ लाख ८५ हजार विनियोजन गरेको छ । सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानका लागि छुट्याएपछि बाँकी रहेको २२ करोड ७३ लाख ५४ हजारमध्ये पुँजीगततर्फ १५ करोड ४९ लाख ४ हजार र चालु खर्चतर्फ ७ करोड २४ लाख ५० हजार विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।

पुँजीगत बजेटमध्येबाट सडक पूर्वाधारमा ४ करोड ३६ लाख ३८ हजार, शिक्षामा ३ करोड ३८ लाख ७१ हजार, कृषिमा १ करोड २२ लाख ४५ हजार, लक्षित समूहका लागि १ करोड ३ लाख ६१  हजार, स्वास्थ्य तर्फ ९६ लाख, संस्थागत विकासको लागि १ करोड १ लाख ५० हजार, खानेपानी तर्फ ६२ लाख ६० हजार विनियोजन गरिएको छ ।

सिचाइमा ५५ लाख १० हजार, भवन तथा सहरी विकासतर्फ ३७ लाख, विपद् व्यवस्थापन कोषको लागि ३६ लाख, पर्यटन पूर्वाधार विकासका लागि ३१ लाख ७० हजार र विविध शीर्षकमा १ करोड २७ लाख ९८ हजार विनियोजन गरिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका लागि ६० लाख ५७ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका लागि ६१ लाख ३८ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका लागि ५१ लाख ३१ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका लागि ७७ लाख ४८ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका लागि ५६ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका लागि ५५ लाख २५ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मका लागि ७८ लाख २५ हजार विनियोजन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ५८ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई