नेपाल एसिया कपमा छनोट हुन सकेन « Khabarhub

नेपाल एसिया कपमा छनोट हुन सकेन


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ ।

यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो ।

यसअघि युवा बल अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेपछि युएई कमजोर बनेको थियो । युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुसी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले तीन ओभर पाँच बलमा १० रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले चार ओभरमा तीन तथा सीता राना मगरले पनि चार ओभरमा दुई विकेट लिइन् ।

८ : १५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घन्टा ढिलो सुरु भएको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान छ । यद्यपि नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भयो ।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ११ : ५४ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै