आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज « Khabarhub

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ ।

बिहीबार विराटनगरमा आयोजित आदिवासी जनजाति चलचित्र विषय देशव्यापी अभिमुखीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

थुप्रै चलचित्र तथा टेली चलचित्र निर्माण गरी सकेका निर्माता ज्योतिराज चलचित्र विकास बोर्डको आदिवासी मातृभाषा चलचित्र प्रवर्धन समितिको संयोजक रहेका थिए। विभिन्न सामाजिक कार्यहरूमा समेत सक्रिय राई निर्माता संघमा समेत सक्रिय रहेका छन्।

उक्त कार्यक्रमबाट उपाध्यक्षहरुमा दिप नारायण राजवंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल त्यसैगरी कोषाध्यक्षमा पेशल कुमार सुनुवार चयन भएका छन् । महासंघ प्रदेश १ का उपाध्यक्ष तुम्बाहाम्फेले अन्य पदाधिकारी तथा सदस्य आज चयन गर्ने जनाएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र वृद्धिविकासको लागि सबै प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार तथा प्रदेश नम्बर १ को संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ५३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब