आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज « Khabarhub

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ ।

बिहीबार विराटनगरमा आयोजित आदिवासी जनजाति चलचित्र विषय देशव्यापी अभिमुखीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

थुप्रै चलचित्र तथा टेली चलचित्र निर्माण गरी सकेका निर्माता ज्योतिराज चलचित्र विकास बोर्डको आदिवासी मातृभाषा चलचित्र प्रवर्धन समितिको संयोजक रहेका थिए। विभिन्न सामाजिक कार्यहरूमा समेत सक्रिय राई निर्माता संघमा समेत सक्रिय रहेका छन्।

उक्त कार्यक्रमबाट उपाध्यक्षहरुमा दिप नारायण राजवंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल त्यसैगरी कोषाध्यक्षमा पेशल कुमार सुनुवार चयन भएका छन् । महासंघ प्रदेश १ का उपाध्यक्ष तुम्बाहाम्फेले अन्य पदाधिकारी तथा सदस्य आज चयन गर्ने जनाएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र वृद्धिविकासको लागि सबै प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार तथा प्रदेश नम्बर १ को संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ५३ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज