वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक « Khabarhub

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित  महानगरपालिकाका उपप्रमुख इत्यिाज आलमले नगरसभामा बजेट  प्रस्तुत गर्दै चालुतर्फ कूल बजेटको ६२.०४ प्रतिशत र पूँजीगततर्फ कूल बजेटको ३७.९६ प्रतिशत बजेट विनियोजित गरेको जानकारी दिए । उनले चालुतर्फ रु दुई अर्ब छ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ रु एक अर्ब २६ करोड ६४ लाख ७५ हजार छुट्याइएको बताए ।

सभालाई बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आन्तरिक आयबाट रु ९५ करोड, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट रु एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड र विशेष अनुदानबाट रु सात करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट रु १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट रु दुई करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट रु ९६ लाख, युनिसेफबाट रु २५ लाख स्रोत प्राप्त हुने अनुमान गरिएको जानकारी दिए ।  उनले अपुग हुने रु ४४ करोड १९ लाख ५९ हजार चालु आवको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने बताए ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आउने आवको आगामी साउन १ गतेदेखि लागू हुने गरी महानगरपालिकामा कार्यरत कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको जानकारी दिए ।कार्यक्रममा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा र पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए ।

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ४९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार