फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना « Khabarhub

फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजाने बताएका छन्।

शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले परिवर्तनको वास्तविक महसुस जनताले गर्न नसकेको भन्दै फेरि अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाए नयाँ युगतिर देशलाई लैजाने सपना साकार पार्ने बताएका हुन् ।

उनले आफ्नै नेतृत्वका परिवर्तनका लागि हजारौँको बलिदानी भएकाले उनीहरूको सपनालाई त्यसै खेर जान नदिने जिकिर गरे। पहिलो चोटि प्रधानमन्त्री हुँदा धेरै कुरामा बिचार गर्दै ९ महिना बितेको उनले बताए । दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको समेत उनले बताए । प्रचण्डले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउनका लागि बामपन्थीहरुको एकता गरे पनि सफल हुन नसकेको धारणा राखे।

कार्यक्रममा संघका तर्फबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ४० बजे

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको