तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड « Khabarhub

तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट १० करोड, अल्या बैंक मौज्दात चार करोड ५० लाख गरी कूल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सःशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान रु एक करोड ६० लाख, विशेष अनुदान एक करोड ३० लाख र राजस्व बाँडफाँट रकम २३ करोड ५५ लाख तीन हजार रहेको उपप्रमुख चौधरीले जानकारी दिए ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ५६ लाख, सःशर्त अनुदान एक करोड ६० लाख, समपूरक अनुदान तीन करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँट तीन करोड ३१ लाख ७६ हजार र अन्य सङ्घसंस्था अनुदानमा नगरविकास कोष ऋण रु सात करोड, युनिसेफ अनुदान ६० लाख र सडक बोर्ड नेपाल रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ३२ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ