लमजुङमा १० हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्र दर्ता « Khabarhub

लमजुङमा १० हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्र दर्ता


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८-०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जगदीश मिश्रले बताए । गत आर्थिक वर्ष ०७७-०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए । जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको सूचना अधिकारी मिश्रले बताए ।

लमजुङमा जिल्ला प्रशासन कार्यालयबाट ०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन शुरु भएको हो । १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक ९बायोमेट्रिक० गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ ।

नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ०१ बजे

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार

काठमाडौंमा ‘तमु ल्होसार’को रौनक (तस्बिरहरू)

काठमाडौं– गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन