विकास निर्माणका काममा सबैको एकताबद्ध चाहिन्छ : ऊर्जामन्त्री भुसाल « Khabarhub

विकास निर्माणका काममा सबैको एकताबद्ध चाहिन्छ : ऊर्जामन्त्री भुसाल


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन्।

मन्त्री भुसालले भनिन्, ‘विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।’ उनले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

ठेचोवासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवर्द्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।’ ७५ लाखभन्दा बढी रुपैयाँको लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।

सो अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिए। उनले पार्कलाई २४सै घण्टा प्रयोग गर्न सकिने गरी सिसीटिभी र बिजुली बत्तीको उपयुक्त व्यवस्था गरिने बताए ।

कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष जगत्बहादुर महर्जनले वडाको विकासमा सङ्घ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : १७ बजे

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता

भेनेजुएला– शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि

कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार

मनि लाउन्डरिङ निवारण संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं– सरकारले सम्पत्ति शुद्धिकरण(मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३

संसद्‍मा उठ्यो कक्षा १२ को परीक्षाफलमा त्रुटिको विषय, सांसदले भने- छानबिन गरी दोषीलाई कारबाही गरियोस्

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण