दलहरूको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भयो : लिङ्देन « Khabarhub

दलहरूको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भयो : लिङ्देन


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरूको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका छन्।

आइतबार काठमाडौँमा राप्रपा निकट नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थलागि विभिन्न शक्ति राष्ट्रसँग मुलुकको हित विपरीतका सम्झौताहरू गरिएको भन्दै यसले मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका हुन् । उनले वार्षिक बजेट बनाउने क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराउने र करको दायरा हेरफेर गर्ने काम देखि देशको हित र जनताको चाहना विपरीत एमसीसी र एसपीपी जस्ता देशलाई कमजोर पार्ने सम्झौता गरिएको तर्क गरे।

देशलाई दुर्घटनाबाट बचाउन चाहनेहरू एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ । लिङ्देनले अहिलेको राजनीतिक प्रणाली र दलहरूबाट मुलुकमा राष्ट्रियता र शान्तिको कुनै सम्भावना नदेखिएको तर्क गरे। राप्रपाले भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा अभिभावकिय संस्थाको रूपमा राजाले मात्र मुलुकले स्थीतरता प्राप्त गर्ने उनको भनाइ छ।

लिङ्देनले आफूहरूले अघि सारेको मुद्दा स्थापित गर्नका लागि सांसदको दुई तिहाइ बहुमत आवश्यक नपर्ने र निश्चित संख्याको शक्ति आर्जन गर्दा पुग्ने बताए।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : २० बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा