चार बुँदे माग राखेर दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित  « Khabarhub

चार बुँदे माग राखेर दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित 


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ ।

यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेको हो ।

श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरूलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट  गत २ पुसमा बुझाएका मागहरू पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बीमासगँ तत्काल आबद्ध गरिनुपर्ने र आधारभूत मापदण्ड समेत पूरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी÷समिति उपर कारबाही हुनुपर्ने युनियनको माग छ ।

कर्मचारीहरू आफूहरूको माग पूरा नभएको भन्दै सोमबारदेखि आन्दोलन उत्रिन लागेको हो । सोमबारदेखि शुक्रबारदेखि प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यहरूको डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापनसमक्ष बुझाउने, शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरू काजमा नजाने युनियनले प्राधिकरण अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : २३ बजे

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन

नेपाल मेडिकल काउन्सिल निर्वाचनः मतगणना जारी, उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा अग्रस्थानमा

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका

तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र

तोरीखेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा खेतबारी पहेँलै

काठमाडौं– तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही