चार बुँदे माग राखेर दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित  « Khabarhub

चार बुँदे माग राखेर दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित 


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ ।

यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेको हो ।

श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरूलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट  गत २ पुसमा बुझाएका मागहरू पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बीमासगँ तत्काल आबद्ध गरिनुपर्ने र आधारभूत मापदण्ड समेत पूरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी÷समिति उपर कारबाही हुनुपर्ने युनियनको माग छ ।

कर्मचारीहरू आफूहरूको माग पूरा नभएको भन्दै सोमबारदेखि आन्दोलन उत्रिन लागेको हो । सोमबारदेखि शुक्रबारदेखि प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यहरूको डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापनसमक्ष बुझाउने, शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरू काजमा नजाने युनियनले प्राधिकरण अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : २३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन