शिखहरुको धार्मिक स्थल संरक्षण नगरेको भन्दै पाकिस्तानको आलोचना बढ्यो « Khabarhub

शिखहरुको धार्मिक स्थल संरक्षण नगरेको भन्दै पाकिस्तानको आलोचना बढ्यो


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले शिख धार्मिक अल्पसङ्ख्यकहरुको धार्मिक स्थल गुरुद्वाराको संरक्षण गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ ।

हालै सार्वजनिक एक मिडिया रिपोर्टमा पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई देखाउनका लागि केही महत्वपूर्ण गुरुद्वाराको मात्र संरक्षण गर्ने गरेको तर संरक्षणको अभावमा अरु सयौँ गुरुद्वारा एवम् ऐसिहासिक महत्वका धरोहरहरुको अवस्था भने जीर्ण बन्दै गएको उल्लेख छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानका गुरुद्वाराहरुको संरक्षणमात्रै हुन सकेको छैन कतिपय अवस्थामा यस्ता गुरुद्वाराहरु पाकिस्तानी सुरक्षा बलको कब्जामा समेत पर्ने गरेका छन् ।

इस्लाम खबरका अनुसार सन् १८७६ मा बाबा खेमसिंह बेदीले रावलपिण्डी सहरको राजा बजारमा रहेको श्री दमदमा शाहिब गुरुद्वारा पनि यस्तै अपहेलनाको शिकार भएको छ ।

शिखहरुको यस पवित्रस्थल हाल बधशाला र मासुपलसका रुपमा प्रयोग हुँदै आएको छ । यस गुरुद्वारामा यात्रीहरुको बन्दोबस्तीका लागि ‘सराइ’ भनिने स्थानको समेत व्यवस्था रहेको बताइएको छ ।

यस गुरुद्वाराको सराइमा ७०–७५ कोठाहरु छन् । यो हाल स्थानीय पसल सञ्चालकको कब्जामा रहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ३६ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा