एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता | Khabarhub Khabarhub

एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगानीमा सञ्चालन हुने गरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । योसँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ ।

उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका छन् ।

गत वर्ष दर्ता भएको नयाँ उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँको लगानी प्रस्ताव भएको विभागले जनाएको छ । नेपालमा हालसम्म दर्ता भएका उद्योगमा प्रस्तावित लगानी २६ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

पछिल्लो एक वर्षमा दर्ता भएका नयाँ उद्योग सञ्चालनमा आएपछि २८ हजार ५२७ जनाले रोजगारी पाउने विभागले बताएको छ ।

गत वर्ष विदेशी लगानीमा मात्र २९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । विदेशी लगानीमा दर्ता भएका नयाँ उद्योगमा ५ वटा ठूला, ७३ वटा मझौला र २१७ वटा साना रहेका छन् । ती उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगमा १६ हजार ९०५ जनाले रोजगारी पाउने जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा स्वदेशी र विदेशी लगानीमा २०३ वटा नयाँ उद्योग दर्ता भएका थिए । ती उद्योगमा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । यस वर्ष दर्ता भएका उद्योगमध्ये १८४ वटा विदेशी लगानीका रहेका थिए । ती उद्योगमा ३२ अर्ब ७ करोड विदेशी लगानी प्रस्ताव गरिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ५३ बजे

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर

सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

काठमाडौं– सिरियाको सुवेदा क्षेत्रमा जारी हिंसा अझ तीव्र बन्दै गएको

राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक

कास्कीको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकी– जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशको पोखरासहित विभिन्न