विश्व इतिहासमा आज : वासिङ्टन डीसी कब्जादेखि प्लूटो उपग्रह घोषितसम्म « Khabarhub

 विश्व इतिहासमा आज : वासिङ्टन डीसी कब्जादेखि प्लूटो उपग्रह घोषितसम्म


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भाद्र ८ गते बुधबार । सन् २०२२ को अगस्ट २४ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् ।

सन् २००६ अगस्ट २४ मा अन्तर्राष्ट्रिय खगोलीय संघ आईओयूले ग्रहलाई पुनर्भाषित गर्ने क्रममा प्लूटोलाई ग्रहको समुहबाट भिन्न गरेको थियो । सो संघले प्लूटोलाई उपग्रहको समूहमा समावेश गरेको थियो ।

सन् २००४ अगस्ट २४ मा रुसको मस्को नजिक चेचन्या आत्मघाती हमलाकारीले २ एयरलाइनर विस्फोट गर्दा ८९ यात्रुहरुको मृत्यु भएको थियो ।

सन् १८१४ अगस्ट २४ मा मेजर जनरल रोबर्ट रसको नेतृत्व बेलायती सेनाले वासिङ्टन डीसी कब्जा गरेर आगो लगाएका थिए ।

सन् १९९२ अगस्ट २४ मा एन्ड्रयू नामक तुफानका कारण फ्लोरिडा क्षतिग्रस्त भयो । संयुक्त राज्य अमेरिकामा सो तुफानले २६.५ अर्ब अमेरिकी डलरको क्षति गर्नुको साथै ६५ जनाको ज्यान लिएको थियो ।

सन् १९९१ अगस्ट २४ मा युक्रेनले आफूलाई स्वतन्त्र घोषणा गर्‍यो । सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभलाई हटाउन गरिएको कु विफल भएसँगै यूक्रेनले स्वतन्त्रता घोषणा गरेको थियो ।

सन् १९८१ अगस्ट २४ मा मार्क डेभिड च्यापम्यानलाई पूर्व ब्यान्ड बीटल्सका सदस्य जोन लेननको हत्या गरेको सजाय स्वरुप २० वर्ष जेल सजाय सुनाइएको थियो ।

सन् १९६३ अगस्ट २४ मा ‘मेटल गियर सिरिज’ का सिर्जनाकर्ता र निर्देशक एयु कोजिमाको जन्म भएको थियो ।

सन् १९५४ अगस्ट २४ मा संयुक्त राज्य अमेरिकामा कम्युनिष्ट विरोधी भाव बढेसँगै कांग्रेसले कम्युनिष्ट नियन्त्रण ऐन पास गरेको थियो ।

सन् १८९१ अगस्ट २४ मा थोमस एडिसनले चलचित्र क्यामेराको पेटेन्टको लागि निवेदन दिएका थिए ।

सन् १८६९ अगस्ट २४ मा संयुक्त राज्य अमेरिकाले ‘वाफल फलाम’ पेटेन्ट गरेको थियो । वाफल पकाउन बनाएको सो फलामको पेटेन्ट न्यूयोर्कका बासिन्दा कर्नेलियस स्वार्टवाउटले प्राप्त गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : १५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर