रोजगारीका लागि साउदी पुगेका एक नेपाली बेपत्ता  « Khabarhub

रोजगारीका लागि साउदी पुगेका एक नेपाली बेपत्ता 


८ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवक बेपत्ता भएका छन् ।

२८ नोभेम्बर २००६ मा साउदी पुगेका साबिक लखनपुर गाबिस वडा नं-१ झापाका तेजप्रसाद अर्याल बेपत्ता भएका हुन् ।

साउदी अरबमा रहेको नासिर अल ह्यडेर भन्ने कम्पनीमा आएका अर्याल (राहदानी नं. ३१६६४४९) हालसम्म नेपाल नफर्केको र परिवारसँग पनि सम्पर्कमा नआएको भन्ने जानकारी भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले उनी कार्यरत कम्पनीमा सम्पर्क गरी बुझ्दा करार अवधि समाप्त भएपछि नियमानुसार बहिर्गमन भिसा र हवाई टिकटको व्यवस्था गरी नेपाल पठाएको जवाफ दिएको दूतावासले जनाएको छ ।

उनको घर परिवारले जानकारी गराए अनुसार निज तेजप्रसादलाई सँगै कम्पनीमा काम गर्ने पोखराका सोम नेपाली (चालक)ले एयरपोर्टसम्म पुर्‍याएको भन्ने बुझिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनको बारेमा थप खोजीनिती गर्न साउदी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार समेत गरिएको थियो । साउदी निकायबाट प्राप्त जानकारी अनुसार उनले बहिर्गमन भिसा लगाएको भए पनि साउदी अरब छोडेको नदेखिएको भन्ने जवाफ आएको दूतावासले जनाएको छ ।

उनलाई देख्ने, भेट्ने जोकोहीलाई तुरुन्त नेपाली दूतावासको टेलिफोन नम्बर ०११२८८३७९५ मा सम्पर्क गरी जानकारी गराउन साउदीमा कार्यरत नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

साथै अर्याललाई समेत तुरुन्त आफ्नो परिबार, आफन्त वा दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ७ : ३४ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि