रियलको शिखर छाडेर काशिमेरोको शून्य म्यान्चेष्टर यात्रा | Khabarhub Khabarhub

रियलको शिखर छाडेर काशिमेरोको शून्य म्यान्चेष्टर यात्रा

लण्डनमा संसारकै उत्कृष्ट फिडफिल्डरको सफलता कति सम्भव छ ?



काठमाडौँ : संसारकै सबैभन्दा सफल र उत्कृष्ट मिडफिल्डर प्रमाणित भएका काशिमेरो र म्यान्चेष्टर युनाईटेडको उद्धेश्य मिलेको छ । मंगलबार मात्रै काशिमेरोले मड्रिड छाडेर लण्डन पाइला टेक्दा म्यान्चेष्टर युनाईटेडले लिभरपुल जस्तो बलियो दाबेदारलाई २–१ गोलले हराउँदै संसारकै अब्बल र बलियो मिडफिल्डरलाई रेडकार्पेट बिछ्याएको छ ।

यो संयोग यस्तो मिलेको छ की काशिमेरो संसारको फुटबलमा असम्भव सबै प्रतियोगिता जितेर आफूलाई प्रमाणित गर्दा नयाँ चुनौति उठाउन चाहेका छन् । अनि हारको पीडाले थलिएर घाइते बाघ बनेको म्यान्चेष्टर युनाईटेड प्रिमियर लिग उपाधिका लागि जुनसूकै मूल्य पनि चुकाउन तयार छ ।

जसका लागि लिभरपुलविरुद्ध एरिक टेन ह्यागले रोनाल्डोलाई बेच्नमा राख्ने हिम्मत गरे । त्यो पनि खेलको अन्तिम मिनेटसम्म । खेल जित्ने पक्का भएपछि रोनाल्डो ८६ मिनेटतिर मात्रै मैदान छिर्न पाएका थिए । सान्चो र रसफोर्डले नै लिभरपुलविरुद्ध कमाल गरेपछि अब ह्यागको मनोबल बढेको छ । जसका लागि उनले रोनाल्डोको बैशाखी टेक्नुपर्ने छैन ।

अनि घाइते बाघ भएर जित्न सुरु गरेको टिममा काशिमेरो जस्तो संसारकै उत्कृष्ट आक्रमण बुन्न सक्ने मिडफिल्डरको आगमन भएको छ । यी दुवै सफलताले अब ओल्ड ट्राफोर्डको सबैभन्दा धनी क्लबलाई प्रिमियर लिग जित्ने सपना बलियो बनाउनुछ ।

जसको सुरुवात यूनाइटेडले औपचारिक रुपमा कार्लोस काशिमेरोलाई क्लबमा आबद्ध भएको घोषणा गरेर भइसकेको छ । झण्डै २० वटा उपाधि जितेर रियलबाट बिदा भएका काशिमेरो लण्डन टेक्नुमा धेरै कुराको संयोग र सफलता मिलेको छ ।

कम्तीमा प्रिमियर लिगको सबैभन्दा धनी क्लब म्यान्चेष्टर युनाईटेडका लागि यो सबैभन्दा ठूलो राहत र खुशीको कुरा हो । जुन कुराले रोनाल्डो पनि उत्साहित भएको हुनुपर्छ ।

क्यासमिरो र रोनाल्डोको सम्बन्ध
क्यासमिरो र रोनाल्डोको रियल म्याड्रिडमा सम्बन्ध राम्रो थियो । रोनाल्डोले युभेन्टसको यात्रा सुरु गर्नुअगाडि केहि सिजन दुईबीचको सम्बन्ध राम्रा देखिएको थियो ।

सन् २०१८ मा रोनाल्डोले ब्यालोन डी ओरको उपाधी नउचाल्दा पनि क्यासमिरोले एक अन्तवार्तामा उपाधीको सही हकदार रोनाल्डोलाई नै मानेका थिए ।

साथै क्यासमिरो रोनाल्डोको एक समर्थकका रुपमा पनि परिचित छन् । रोनाल्डोको आश्चर्यजनक गोल गर्ने खुबीको उनले धेरै पटक खुलेर प्रशंसा पनि गरेका छन् । रोनाल्डोलाई मैदानमा खेलेको देख्नुलाई सौभाग्यका रुपमा क्यासमिरोले लिने गरेका छन् ।

यद्यपि, यहि सिजन नै यूनाइटेडबाट बिदा हुन आतुर भएका रोनाल्डोलाई आफ्नो धारणा परिवर्तन गर्न सक्ने सम्भावनाको सृजना भएको छ । क्यासमिरो त्यहि सम्भावना हुन् ।

रोनाल्डोको लगातारको विफल प्रयासलाई सफल बनाउन एक भरपर्दो साझेदारको अत्यन्तै आवश्यकता थियो । पूर्व म्याड्रिड खेलाडीको पुनर्मिलन सफल भयो भने पक्कै पनि रोनाल्डो र यूनाइटेडको प्रदर्शनमा दुई गुणाले बढ्ने अपेक्षा गर्न सकिन्छ ।

रोनाल्डो तालिममा सक्रिय
रोनाल्डोको यूनाइटेडमा खराब प्रदर्शनलाई उनको टोलीभन्दा छुटै बस्ने स्वभावलाई दोष पनि दिइएको थियो । तर, यूनाइटेडले शनिबार सार्वजनिक गरेको तालिमको भिडियोमा रोनाल्डो सक्रिय रुपमा सहभागी भएको देख्न सकिन्छ ।

रोनाल्डोले सबै खेलाडीसँगै नियमित प्रशिक्षण गरेको देख्न सकिन्छ । रोनाल्डो मज्जाले घुलमिलेर सहभागिता जनाएको पनि देखियो । लिभरपुलविरुद्ध पूरा खेल्न नपाएका रोनाल्डो अहिले पनि टोलीको मुख्य हिस्सा हुन् । म्यान्युलाई प्रिमियर लिग उपाधि जिताउने कप्तानी पनि रोनाल्डोले गर्न सक्छन् ।

क्यासमिरोको म्याड्रिडको समय
वर्तमान परिप्रेक्ष्यमा क्यासमिरो विश्वमा नै भरपर्दो डिफेन्सिभ मिडफिल्डरका रुपमा स्थापित छन् । सन् २०१३ मा क्यासमिरो म्याड्रिडमा जोडिएका थिए । म्याड्रिडसँगको यात्रामा क्यासमिरोले ५ च्याम्पियन्स लिग, ३ ला लिगा र १ कोपा डेल रे पनि जिताउन सफल भए ।

क्यासमिरो म्याड्रिडको लागि एक सशक्त शक्तिका रुपमा स्थापित भए । म्याड्रिडको लागि खेलेको २ सय २२ खेलमा क्यासमिरोले कुल २४ गोल गर्न सफल भएका छन् । फेरि काशिमेरो यस्तो अवस्थामा गोल गर्छन्, जुन टोलीका लागि मात्रै होइन, सारा दर्शककै लागि प्रतिक्षित हुन्छ । अनि हार्न लागेको खेल जिताउने जिम्मेवारी पनि काशिमेरो पूर्ण रुपमा निभाउन सक्षम मिडफिल्डर हुन् ।

क्यासमिरोको संघर्ष
सन् १९९२ मे २३ मा ब्राजिलको साओ पाउलोमा क्यासमिरोको जन्म भएको थियो । क्यासमिरो ५ वर्षको उमेरमा हुँदा बुबा र आमाको झगडा हुँदा उनको बुबा घर छोडेर गएका थिए ।

सानो उमेरमा नैै बुबाबाट टाढा भएका क्यासमिरोलाई बुबाको धमिलो स्वरुप पनि याद नभएको उनले केहि अन्तवार्तामा भनेका छन् । उनको आमाले दैनिक धेरै ठाँउमा काम गरेर क्यासमिरोलाई हुर्काइन् । तर, जति नै दुःख गरे पनि क्यासमिरोले गरिबीको चरम चुनौतीहरु सामना गर्नु प¥यो ।

६–७ वर्षको उमेरमा हुँदा, कुनै महत्पूर्ण खेलको अघिल्लो रात आफ्नो शरीरलाई सहज महशुश गराउन क्यासमिरो साथीको घरको निन्द्रामा भर पर्ने गर्थे । स्ट्राइकरका रुपमा फुटबल खेल्नु सुरु गरेका क्यासमिरोले टोलीमा समावेश हुनुको निम्ति झुट बोलेका थिए ।

साओ पाउलो फुटबल टोलीमा पुग्दा उनको पोजिशनमा धेरैले ट्रायल दिने कुरा क्यासमिरोले थाहा पाए । टोलीमा पर्न अत्याधिक प्रतिस्पर्धा भएको उनले थाहा पाए ।

यसकारण प्रशिक्षकले डिफेन्सिभ मिडफिल्डरमा खेल्ने को को छन् भनेर सोध्दा केवल ७–८ जनाले हात उठाएकाले क्यासमिरोले पनि हात उठाए । ट्रायलमा छनोट भएसँगै क्यासमिरोले डिफेन्सिभ मिडफिल्डबाट नै आफ्नो जाँदु देखाउन सुरु गरे ।

यद्यपि, १४ वर्षको उमेरमा उनले अर्को चुनौतीको सामना गर्नु प¥यो । हेपटाइटिस्टका कारण उनले ३ महिना फुटबललाई सहि तरिकाले निरन्तरता दिन सकेनन् । उनलाई त्यसबेला हिँड्नमा पनि समस्या भएको थियो । परिवारको सहयोगमा त्यस पीडादायिक स्थितिलाई विफल बनाउन क्यासमिरो सफल भए ।

साओ पाउलो फुटबल टोलीसँग व्यापारिक सम्झौँता भएलगतै उनले आफ्नो आमाको निम्ति एक घर किनेका थिए । सोहि टोलीमा हुँदै गर्दा एक समय क्यासमिरो तलब बढ्ने आशामा थिए ।

तर, नयाँ खेलाडी लुकस मोराको टोलीमा आगमन भयो । लुकसको तलबमा पनि वृद्धि भयो । जबकि क्यासमिरोको भने यथावत नै थियो ।

यसपश्चात एक अन्तवार्तामा उनले टोटनह्याम हटस्पर्स, सभिया र रोमाबाट आफुलाई प्रस्ताव आएको खुलाए । यस अन्तवार्ताले उनको टोलीको कार्यसमिति र समर्थकसँगको सम्बन्ध चिसियो । उनलाई केहि समय अहंकारी खेलाडीको रुपमा पनि हेरियो ।

परिणामस्वरुप उनलाई ५.१ मिलियन स्टर्लिङ पाउन्डमा रियल म्याड्रिड क्लबमा पठाइएको थियो । सो समयको लागि सो रकम कम भए पनि क्यासमिरोले हार मानेन । सन् २०१४–२०१५ मा उनले पोर्टोको लागि पनि खेले । उनले हरेक चुनौतीलाई आफ्नो अवसरको रुपमा लिए र अघि बढे ।

औपचारिक रुपमा यूनाईटेड र म्याड्रिडबीचको आर्थिक सम्झौँता नखुले पनि बीबीसीका अनुसार ७० मिलियन स्टर्लिङ पाउन्डको सम्झौँता भएको देखिन्छ ।

शिखरबाट शून्यको सुरुवातमा सफलता चुनौति

आफुलाई भरपर्दो डिफेन्सिभ मिडफिल्डरका रुपमा स्थापित गरेका क्यासमिरोले आफ्नो मुल्यसँगसँगै आफ्नो क्षमता पनि बढाएका छन् । यदि प्रशिक्षक ह्यागको डिभेन्सिभ रणनितिमा फिट भए क्यासमिरोले पक्कै पनि यूनाइटेडको मुहार परिवर्तन गर्नेछन् ।

साथै क्यासमिरोको रोनाल्डोसँगको सहकार्य पनि फलदायिक हुने आशा गरिएको छ । तथापि, सन् २०१३ मा सर एलेक्स फर्गसनले यूनाईटेड छाडेसँगै क्लब धेरै स्थापित खेलाडीलाई गुमनाम बनाउने कर्मभूमि बनेको देखिन्छ ।

यस्तो अवस्थामा क्यासमिरो पनि त्यहि खेलाडीहरुको सुचीमा पो पर्छन् की यूनाइटेडको गेम चेन्जिङ प्लेयर बन्छन् हेर्न बाँकी छ ।

काशिमेरोका लागि म्यान्चेष्टरको यात्रा शून्य बराबर हो । रियलमा उनी लुका मोड्रिक र टोनी क्रुजसँग विश्वकै उत्कृष्ट मजबुत मिडफिल्डिङ बनेर आक्रमण बुन्न सक्ने अवस्थामा थिए । तर म्यान्चेष्टरमा उनी शून्यबाट यात्रा सुरुवात गर्दैछन् ।

दाया मोड्रिक र बाया क्रुजलाई राखेर बीचमा पास मिलाउने, डिफेन्स गर्ने र समय मिलेको खण्डमा गोल हान्न सक्ने क्षमताका काशिमेरोले म्यान्चेष्टरमा त्यो रणनीति कसरी सफलतामा बदल्न सक्छन्, मुख्य चुनौतिको प्रश्न हो ।

त्यससँगै रियलमा बसेर पाँच वटा च्याम्पियन्स लिग जिताउन सक्ने क्षमता भएका काशिमेरो म्यान्चेष्टरमा त्यही प्रदर्शन दोहोर्याउन सक्छन् वा शून्यको सुरुवात असफलतामा टुंग्याउँछन् ? अर्को पेचिलो प्रश्न पनि छ । तर जे भएपनि रोनाल्डो र भराने जस्ता पूर्व सहकर्मीको सेन्टरमा बसेर म्यान्चेष्टरलाई काशिमेरोले सफलताको बाटोमा यात्रा गराउन सक्ने क्षमता चाँही राख्छन् ।

अन्यथा रियलजस्तो शिखरको टिम र सफलताबाट झरेर शून्यबाट सुरुवात गरेरै फेरि त्यो उचाई लिनु काशिमेरोको लागि त्यति सहज भने छैन ।

ठीक यतिबेला रियलजस्तो टिम छाडेका काशिमेरोको लागि म्यान्चेष्टर शून्य क्लब हो । जसले कैयौँ वर्षदेखि प्रिमियर लिग जित्न सकेको छैन । च्याम्पियन्स लिगको त सेमिफाइनलसम्मै नपुगेको पनि वर्षौ भैसकेको छ ।

यस्तो अवस्थामा उपाधि जित्नेमा शिखरमा रहेको रियल छाडेर म्यान्चेष्टरको ‘शून्य’ यात्रा गर्न काशिमेरोको रहर पक्कै नहोला । तर यदि यो बाध्यता मात्रै होइन भने काशिमेरोले भनेजस्तै म्यान्चेष्टरलाई प्रिमियर लिग जिताउन सक्नुपर्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : ५६ बजे

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा