बालुवाटारमा ओली र देउवा भेटको अर्थ « Khabarhub

बालुवाटारमा ओली र देउवा भेटको अर्थ

प्रचण्ड र माधव नेपाललाई झस्काउने रणनीति बन्न सक्ला ?


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुनावमा सिट बाँडफाँडको विषय पेचिलो बनेका बेला बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सार्थक भेटवार्ता भएको छ । सार्थक किनभने नागरिकता विधेयकमा सत्ता गठबन्धनको पेलान गर्ने रणनीति, एमाले अध्यक्ष ओलीको रक्षात्मक अवस्था र राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमअघि ओली र देउवाबीच भेटवार्ता भएको छ ।

एकातिर चुनाव नजिकिँदै जाँदा नेताहरू आन्तरिक रूपमा रणनीति बनाइरहँदा ओली र देउवाको भेटले के संकेत जनाउँछ, धेरैतिर प्रश्न गर्ने ठाउँ छ । तर जति धेरै शंका र संकेत छन् । ती अर्थपूर्ण छन् ।

अहिले सत्ता गठबन्धनमा प्रचण्ड आफू प्रधानमन्त्री बन्ने गरी चुनावी सिट बाँडफाँडको विषय टुंग्याउन चाहन्छन् । त्यसमा पनि माधव नेपाल, वामदेव गौतमदेखि बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथमा लिएर प्रचण्ड हिँड्न खोजेको देखिन्छ ।

यसको अर्थ कांग्रेससँग बलियो बार्गेनिङ गर्न प्रचण्ड तम्सिएका छन् । उनी यो रणनीति बलियो बनाउन बाबुराम र बामदेवलाई माओवादी केन्द्रको चुनाव चिन्ह दिनेसम्मको निर्णयसम्म पुगिसकेका छन् । अनि चुनावपछि माधव नेपालसँग पार्टी एकता गर्ने मौखिक सहमति पनि गरिसकेका छन् ।

यस्तो अवस्थामा आफूहरूलाई धेरै सिट दिन देउवासँग माग गर्ने, माग पूरा नहुने अवस्था आएको खण्डमा एमालेसँग मिलेर प्रधानमन्त्री र बलियो गरी सिट बाँडफाँड गर्ने प्रचण्ड रणनीति छ । सायद त्यो दबाब झेल्न देउवालाई कठिन छ ।

एकातिर प्रचण्ड फुत्किदा सत्ता गठबन्धन भत्किने डर । अनि फेरि पाँच वर्ष प्रतिपक्षमा खुम्चिनुपर्ने चिन्ता पनि । यी दुवै चिन्ता र चासो गम्भीर भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका कुरा सुन्न देउवाले नै बालुवाटारमा निम्तो दिएको अनुमानमा बल पुगेको छ ।

बालुवाटारमै भएको भेटले सम्भावित रणनीति र वर्तमान राजनीतिक परिप्रेक्ष्यमा दुई बलिया पार्टीको मनोगत दृश्य ताजा बनाउँछ ।

यी विषय मात्रै होइन, राष्ट्रपतिलाई उचालेर सत्ता गठबन्धन, नागरिकता विधेयक, चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव लगायतका विषयमा पनि पेचिलो लडाई लड्ने चेतावनी ओलीको हुन सक्छ । किनकि नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्दा अब बालकोटले शीतलनिवासबाट राजनीति गर्न सक्ने ठाउँ बाँकी छ ।

सत्ता गठबन्धनले पेलेरै निर्णय गर्न खोजेमा शीतलनिवासलाई राजनीतिक अखडा बनाउन सकिने धारणामा ओली अडिग रहन सक्छन् । किनकि संसद् विघटनको बेलामा ओलीले शीतलनिवासलाई ‘रबरस्ट्याम्प’ बनाएको प्रमाणित छ ।

त्यसमाथि एमालेको विगत, वर्तमान र भविष्यको कुरा भएको हुनाले शीतलनिवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको गुट मात्रै होइन, आफ्नै दोस्रो अन्तिम कार्यकालमा विशेष मुद्दालाई राजनीतिक गुट बनाउन सक्ने कुरामा आशंका छाड्न सकिँदैन ।

यस्तो अवस्थामा पनि बालुवाटारमा देउवा र ओलीको भेटले अर्थ राख्छ । सबैभन्दा जटिल विषय त हिजो एमसीसी पास गर्ने बेलामा प्रचण्ड र माधव नेपालले लिएको ‘डबल स्टान्डर्ड’ले आजित देउवा अहिले चुनावी सिट बाँडफाँडमा पनि त्यही प्रवृत्ति दोहोरिएकोमा दबाबमा छन् ।

त्यसलाई मत्थर पार्न देउवा आफैँ अघि सरेर ओलीलाई बालकोटबाट बालुवाटारसम्म बोलाएर सम्भावित राजनीतिक परिदृश्यमा स्पष्ट हुन चाहेको हुन सक्छ । त्यसमाथि बालुवाटारमा ओली र देउवाको भेट प्रमुख राजनीतिक समाचार बनेका बेला चितवनमा रहेका प्रचण्ड आत्तिएर देउवालाई फोनै गरेर प्रश्न पनि गर्न सक्छन् । किनकि सत्ता गठबन्धनमा रहँदा ओलीलाई भन्ने गरेको प्रतिगमन प्रचण्ड र माधव नेपाल देउवासँग रहिरहेको देख्न चाहँदैनन् ।

त्यसैले देउवा र ओलीको भेटले अरु राजनीतिक अर्थ र अनर्थ आफ्नै ढंगले विश्लेषण भइरहे पनि चुनावी सिट बाँडफाँडको विषयलाई लिएर प्रचण्ड र माधव नेपाललाई झस्काउने रणनीति बलियो बन्न सक्छ ।

जुन अबको हप्ता दश दिनमा स्वतः देखिनेछ । जसको पूरा गृहकार्यमा लागेका कृष्णप्रसाद सिटौँला नेतृत्वको सिट बाँडफाँड कार्यदलले पनि आफ्नो प्रतिवेदन बुझाउनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ०३ बजे

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका