खप्तड लघुवित्तको आईपीओ खुल्यो « Khabarhub

खप्तड लघुवित्तको आईपीओ खुल्यो


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मार्फत बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पूँजीको ०.५ प्रतिशत अर्थात् दुई हजार कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी एक लाख २३ हजार चार सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले यही भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार तीन सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : ०४ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा