सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते « Khabarhub

सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसुरीको रामधुनि नगरपालिका–२ मा म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक रामधुनि नगरपालिका–१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडि सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन् ।

घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १–०२–०४८ प २९५३ नम्बरको स्कुटर हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए ।

दुवै सवारी साधन सहित भ्यान चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : ५५ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै