दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच भेटवार्ता 

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको  बताए । प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गरे  । भेटमा एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

२.  काठमाडौं महानगरपालिकाले हटायो संरचना

 काठमाडौं महानगरपालिकाले सुन्धरास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । मेयर बालेन्द्र शाह आफै उपस्थित भएर आज बिहान अवैध रूपमा बनेका अनधिकृत संरचना हटाउन डोजर लगाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन यसअघि नै ३५ दिने  सूचना जारी गरेको थियो ।  सो समय सकिएपछि महानगरले अवैध रूपमा बनाएका टहरा भत्काउन थालेको हो ।

३. मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन् । उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो । गए राति सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

फरार रहेको मोटरसाइकलमा पछाडि सवार महोत्तरीको गौशाला नगरपालिका–१ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

४. गोरखामा तीजको दर खाएका एकै गाउँका सय भन्दा बढी बिरामी

गोरखामा तीजको भोज खादा एक सय भन्दा बढि मानिस बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएका अधिकांश बिरामी परेका छन् ।

कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । त्यही साँझदेखि नै भोज खाएका सबै बिरामी परेको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

बिरामी परेको थाहा पाएपछि गाउँमा स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।

५. शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध

सरकारले  शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो  ।

काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, लगायतका आरोप अधिकारीमाथि छ ।

६. सामसङ टिभी अब नेपालमा नै बन्ने

सामसङ टिभी अब नेपालमा नै बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गनाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।

टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको आज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्री शिलान्यास  गरेका हुन् ।

विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन लगानीकर्ताहरूलाई उनले  आग्रह गरे ।

७. विराटनगरमा दुई समुहको झडपमा १० जना घाइते

मोरङको विराटनगरमा दुई समुहबीच झडप हुँदा १० जना घाइते भएका छन् । हिजो साँझ भएको झडपमा परि घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

विराटनगर महानगरपालिका–१२ मल्हनवा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । पुरानो रिसइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् ।

उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

८. कर वृद्धिको विरोधमा चक्काजाम

कर वृद्धिको विराध गर्दै  दाङको घोराहीमा नेपाल यातायात राष्ट्रिय महासंघले  चक्का जाम   गरेका छन् । घोराही सडक खण्ड अन्तर्गत तुलसीपुरमा  आज बिहान ९ बजेदेखि १० बजेसम्म सडकमै सवारी साधन राखेर राष्ट्रिय महासंघले एक घन्टा चक्का जाम गरेका हुन्

। नेपाल यातायात राष्ट्रिय महासंघका जिल्ला सचिव घनश्याम बस्नेतले सरकारले रूट परमिटका नाममा कर वृद्धि गरेको र जरिवाना रकम पनि पाँच हजारसम्म पुर्‍याएपछि सो  विरोधमा चक्काजाम गरिएको बताए ।

९. जापानले अन्तराष्ट्रिय  सिमा नाकामा प्रतिबन्ध खुकुलो बनाउने

जापानले अन्तराष्ट्रिय  सिमा नाकामा कोभिड सम्बन्धी लगाएको प्रतिबन्ध केही सहज गर्ने भएको छ । अन्य देशबाट आएका र पूर्णमात्रा कोभिडको  खोप लगाएका  यात्रुलाई पुन परीक्षण नगर्ने प्रधानमन्त्री फुमियो किशिदाले उद्धत गदै समाचार संस्थ रोयर्टसले जनाएको छ ।

यात्रुलाई सहजता प्रदान गरेसँगै दैनिक २० हजार देखि ५० हजारको सङ्ख्यामा विदेशी नागरिक आउने अपेक्षा गरिएको छ ।

१०. नेपाल र केन्याबीचको टी-ट्वान्टी सिरिज भोलिदेखि

नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याबीचको टी-ट्वान्टी सिरिज निर्धारित तालिका अनुसार नै हुने भएको छ । भिसा समस्याको कारण नेपालका सम्पूर्ण टोली केन्या नपुग्दा पहिलो टी-ट्वान्टी निर्धारित तालिकामा हुने आशंका गरिएको थियो ।

तर, नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले टी-ट्वान्टी सिरिजको खेलहरू निर्धारित तालिका अनुसार नै जानकारी गराएका हुन्  । पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल भोलि हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १ : ४० बजे

राज्यले थन्क्याएका सवारीसाधन पाँच सचिवले हेर्ने, विवरण पीएएमएसमा राखिने

काठमाडौँ – सरकारले जफत गरिएका र बेवारिस फेला परेका लगायत

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध

काठमाडौं– प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई