भारतमा दश हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए « Khabarhub

भारतमा दश हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार चार सय सय ४२ जना रहेका छन् ।

गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५२ भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा दश हजार छ सय ७७ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४४ हजार तीन सय एक जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २५ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६ भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यसैबीच पाकिस्तानमा २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दुई सय ७८ जना कोभिड–१९ नयाँ सङ्क्रमित देखा परेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

नयाँ सङ्क्रमित थपिएपछि देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६७ हजार एक सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । कोभिड–१९ शुरु भएबाट हालसम्म यहाँँ सङ्क्रमणको कारण कुल ३० हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : ४९ बजे

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

म्याग्दी – ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण

सप्तरी – नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज