अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिलाई  « Khabarhub

अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिलाई 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ । भक्तपुरमा बुधबार सम्पन्न  प्रतियोगितामा जुनियर व्याइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै जितेको छ । त्यस्तै गर्ल्सतर्फको उपाधि भने निरुपति इंगलिश बोर्डिग हाइस्कुल काठमाडौंले जितेको छ । 

एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताको दोश्रो स्थानमा सिनियर व्याइजतर्फ सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, जुनियर व्याइजतर्फ युनिक स्कुल काठमाडौं र गल्र्सतर्फ इनोभेटिभ स्कुल दोश्रो भए ।

विजयी स्कुल तथा टिमहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । 

जोशीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रलाई  विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताइन् । उनले नगरपालिकाले चारवटा विधामा तालिम सञ्चालन गरिरहेको जानकारी दिइन् । 

आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेललाई प्रतियोगितामा मात्रै सीमित नराखी सिक्ने थलोको रुपमा पनि लिनुपर्ने बताए । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : १९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका